सोसल मिडिया
Contact Us
युनिकोड
कञ्चनपुर । नेपाल–भारत सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षाकर्मीले नेपालीलाई दुख दिने क्रम जारी छ । सोमबार कञ्चनपुरको दोधाराचाँदनी क्षेत्रमा यस्तै दुखदायी घटना भएको छ । भारतीय सुरक्षाकर्मीको गोली लागेर दोधाराचाँदनी–१ क १६ वर्षीय नरेन्द्र लुहार घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार लुहारको खुट्टामा गोलीको छर्रा लागेको छ । ‘भारतीय वन क्षेत्र गठिगोठमा गएका बेला लुहारमाथि गोली लागेको भन्ने बुझिएको छ’, उनले भने, ‘भारतीय वन रक्षकले गोली चलाएको हुन सक्ने अनुमान गरेका छौँ । विस्तृत विवरण अनुसन्धानपछि थाहा हुन्छ ।’ लुहारमाथि साँझ ६ बजेर ३० मिनेट जाँदा गोली चलाइएको बताइएको छ । गोली किन चलाइएको भन्नेबारे खुल्न सकेको छैन ।