जमिन भासिँदा बस्ती जोखिममा

आइतबार, भदौ १३, २०७८

गोदावरी ।  कैलालीको चुरे गाउँपालिका–५ मा जमिन भासिँदा बस्ती जोखिममा परेको छ । काफलगौरा गाउँको चारैतिर जमिन भासिएपछि झण्डै ३० घरधुरी जोखिममा परेका छन् । अविरल वर्षाका कारण चुरे–५ का विभिन्न बस्तीमा जमिन भासिएपछि स्थानीय बासिन्दा घर छोड्न बाध्य भएको वडाध्यक्ष नरबहादुर तामाङले बताए । उनका अनुसार सोही वडाको गोपाले, भासुभी तथा पट्रेनी गाउँको जमिन भासिएर बस्ती जोखिममा परेका छन् । सोही वडाको गोपालेमा पाँच घरपरिवार पहिरोको जोखिममा परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मानबहादुर थामी मगर, सुरतबहादुर थापा, डम्मरबहादुर थापा, गगन धामी र मनोज राईको घर पहिरोको जोखिममा परेको छ । जोखिममा परेका परिवारलाई स्थानीय तहको समन्वयमा सुरक्षित स्थानमा सार्ने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी र्दि । शुक्रबारको वर्षासँगै सो ठाउँमा पहिरो गएको थियो । चुरेको कमजोर भूभाग भएका कारण वर्षाले दर्जनौँ स्थानमा पहिरोले बस्ती जोखिममा परेको स्थानीयवासीको भनाइ छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  २०:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार