घर भत्किँदा बालिकाको मृत्यु

आइतबार, भदौ १३, २०७८

पाल्पा । लगातारको वर्षाले घर भत्किँदा च्यापिएर गए राति एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुने तानसेन नगरपालिका–५ कैलाशनगरका नारायणबहादुर दर्जीकी १० वर्षीया छोरी नैना दर्जी रहेको प्रहरीले जनाएको छ ।  सुतिरहेका अवस्थामा घर भत्किँदा ढुङ्गा र माटोले च्यापिएकी बालिकालाई तत्काल उपचारार्थ तानसेनस्थित युनाइटेड मिसन अस्पताल पु¥याइएको थियो । गम्भीर घाइते बालिकाको अस्पतालमा  नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले बताए । 

प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  ११:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार