राप्तीखोलामा खसेको ट्रकको मृतक र घाइते दुवैजनाको पहिचान खुल्यो

शुक्रबार, भदौ ११, २०७८

त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी–१ सुपारेटार ब्यारेक नजिक राप्तीखोलामा आज बिहान मालबाहक ट्रक खस्दा मृत्यु भएको एक जना र घाइते दुवैजनाको पहिचान खुलेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा ट्रकमा सवार सिन्धुली लम्पटार–१ का २८ वर्षीय भोजराज बस्नेत रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो । प्रहरीका अनुसार घाइते हुनेमा ट्रक चालक मोरङ सुन्दरहरैचा–८ का ३१ वर्षीय राजन बाँस्कोटा र सोही ट्रकका सहचालक सोही ठाउँ बस्ने २४ वर्षीय सरोज आचार्य रहेका छन् । घाइते भएका बाँस्कोटाको चुरेहील अस्पतालमा उपचार भइरहेको छ भने सहचालक आचार्यलाई थपउपचारको लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । फलाम बोकेर काठमाडौँ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८७५९ नम्बरको आइचर ट्रक बिहान आफैँ अनियन्त्रित भई खोलामा खसेको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  १६:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार