नवलपुरको हुप्सेकोटमा खसेको पहिरोमा तीन बेपत्ता, एक जनाको उद्धार

शुक्रबार, भदौ ११, २०७८

नवलपुर । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को हुप्सेकोटमा पहिरो खस्दा तीन जना बेपत्ता भएका छन् । हुप्सेकोट–४ माथिल्लो चारघरे रुम्सीमा आज बिहान खसेका पहिरामा परी तीन बेपत्ता हुनुका साथै एक घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहका अनुसार पहिराले चार घरेका ५० वर्षीय हस्तबहादुर पुलामीको घरमा पूर्णरुपमा क्षति पु¥याएको छ । उहाँका अनुसार पहिराले पुरेका अवस्थामा उहाँलाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा ल्याइएको छ । पहिरामा बेपत्ता भएकाको खोजी जारीे छ ।  पहिरोमा परी पुलामीकी ४० वर्षीया श्रीमती धनमाया ,  सात वर्षीया नातिनी भूमिसरा  र छ वर्षीया नातिनी देउमाया पुलामी बेपत्ता भएका सूचना अधिकारी सिंहले बताए । 

प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  १५:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार