राजनीतिक स्थिरता कायम गर्न दल विभाजन : एकीकृत समाजवादी (भिडियो)

माधव नेपालले भने, ‘चालु प्रतिनिधिसभालाई पूर्ण कार्यकाल टिकाउन चाहन्छैं’
बिहीबार, भदौ १०, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरुको पार्टी जनहित प्रतिनिधित्व गर्ने पार्टी भएको दाबी गरेका छन् । एमालेबाट विभाजित भइ गठन भइ निर्वाचन आयोगमा दल दर्ता गरेको भोलिपल्ट बिहीबार राजधानीमा आयोजित्र पत्रकार सम्मेलनमा उनले नयाँ दल दर्ता कार्यलाई ‘नेपाल कम्युयनिष्ट आन्दोलनको उतारचढावपूर्ण इतिहासमा एउटा विद्रोह हो’ भनेका छन् । ‘हामी मुलुकमा स्थिरता कायम गर्न चाहन्छौ । त्यसका निम्ति चालु प्रतिनिधिसभालाई पूर्ण कार्यकाल टिकाउन चाहन्छौं’ उनले पत्रकार सम्मेलनमा भने, संविधानलाई रक्षा गर्न र लोकतन्त्रलाई बलियो बनाउन चाहन्छौं ।’ पत्रकार सम्मेलनमा उनले नेपाली कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी अवसरको भासमा डुब्नबाट बचाएर क्रान्तिकारी धार दिई नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्ने उद्देश्यले गरिएको विद्रोहबाट नेकपा एकीकृत समाजवादीको उदय भएको बताए । पत्रकार सम्मेलनमा उनले दक्षिणपन्थी अवसरवादीहरुबाट मात्रै होइन मध्यपन्थी अवसरहरुबाटीबाट समेत गरिएका अनेकन जालझेल, षडयन्त्र, हमला र अपहरणका प्रयाससमेत सबैलाई परास्त गर्दै विद्रोह सफल भएको दाबी गरे । केन्द्रीय सदस्यलाई दायाँ बायाँ राखेर गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘ नेपाली समाजमा व्याप्त सामन्ती तथा साम्राज्यवादी शोषण, दमन र उत्पीडनको अन्त्य गरी वैज्ञानिक समाजवादको स्थापना गर्ने र समाजमा रहेका सवैखाले विभेदहरुको अन्त्य गरी समानतासहितको स्वतन्त्रता भएको समाज (साम्यवादी समाज) को स्थापना गर्ने लक्ष्य लिएको छ ।’ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटिका आजकै मितिबाट जारी प्रेस विज्ञप्तिमा उक्त पार्टीले भनेको छ, ‘हामी देश जनता र कम्युनिष्ट आन्दोलन प्रति हाम्रो दायित्वबाट पञ्छिन सक्दैनौ । हामी हाम्रो राष्ट्र र जनताप्रतिको कर्तव्य पालनाबाट विमुख हुन पनि सक्दैन । त्यसैले नेपाली कम्युनिष्ट आन्दोलनले स्थापित गरेको देश र जनतप्रतिको सेवाभाव, राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानप्रतिको दृढ अडान, समाजवादी ध्येयप्रतिको अटल विश्वासजस्ता असल मान्यतामा अडिरहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं ।’

प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  १६:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार