सोसल मिडिया
Contact Us
युनिकोड
वासिङ्टन । अमेरिकाको सभामुखमा फेरि पनि नान्सी पेलोसी नै निर्वाचित भएकी छन् । डेमोक्रयाटको तर्फबाट पुनः उम्मेदवारी दिएपछि डेमोक्र््याटकै बहुमत रहेकाले झिनो मतान्तरले उनी पुनः निर्वाचित भएकी हुन् । अघिल्लो कार्यकालमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई संसदीय र लोकतान्त्रिक मर्यादा र प्रक्रिया उल्लङ्घन गर्न नदिन सकारात्मक भूमिका निभाएकी उनले कोरोना भाइरसको महामारी व्यवस्थापनका लागि भएको हेलचक्र््याई प्रति पनि सरकारलाई सचेत गराएकी थिइन् । ‘विगतमा राम्रो भूमिका खेलेकाले उहाँलाई नै फेरी जिम्मेवारी दिन हामी तयार भयौँ’, एक सांसदले भने । सभामुख पेलोसी थप दुई वर्षका लागि पुनः निर्वाचित भएकी हुन् । यो नै उनको अन्तिम कार्यकाल हुने संभावना छ । उहाँले कोरोनाका कारण जीवन गुमाएका तीन लाख ५० हजारभन्दा बढी नागरिक, रोजगारी गुमाएका व्यक्ति र समस्यामा परेका सवैका लागि आफ्नो तर्फबाट जिम्मेवारी बहन गर्ने अठोट व्यक्त गरेकी छन् । सभामुखमा उनका विरुद्ध म्याककार्थीलाई उम्मेदवार बनाइएको थियो । उनी झिनो मतान्तरले पराजित भए । सार्वजनिक औपचारिक नतिजा अनुसार पेलोसीले २१६ मत प्राप्त गर्दा म्याककार्थीले २०९ मत प्राप्त गरे । कोरोनाभाइरस नियन्त्रणसम्वन्धी निर्देशिकालाई पालना गर्दै निर्वाचन गरिएको थियो । उनीहरूलाई सामाजिक दूरी कायम गर्न, मास्क लगाउन र सेनिटाइजर वा सावुन पानी प्रयोग गर्न पनि लगाइएको अधिकारीहरूले जनाएका छन् । डेमोक्र््याटका तर्फबाटै राष्ट्रपति निर्वाचित भएका जो बाइडेनले पदबहाली गर्न १७ दिन बाँकी छँदा पेलोसी अमेरिकी सभामुखका रूपमा पुनः निर्वाचित भएकी हुन् । अमेरिकामा नवनिर्वाचित राष्ट्रपतिलाई जनवरी २० तारिखमा सपथ ग्रहण गराउदै पद बहाली गराउने प्रचलन छ ।–एएफपी