सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिमले फाइनलमा स्थान बनाएको हो । चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा थारिन्दु रत्नायकेले सर्वाधिक ५३ रन बनाए । उनले ४२ बलमा ७ चौका प्रहार गरे । विनोद भण्डारीले १३ बलमा २३, दीपेन्द्रसिंह ऐरीले १६ बलमा १५ तथा आरिफ शेखले १० रनको योगदान दिए । बलिङतर्फ चितवनका स्कट कुगेलेइनले ३ विकेट लिए भने उसामा मिर, रिजन ढकाल, कमल ऐरी र सलाहुद्दिन खानले १–१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो । चितवनका लागि डेविड मलानले सर्वाधिक ७१ रन बनाए । उनले ५१ बलमा ९ चौका र २ छक्का प्रहार गरे । सलाहुद्दिन खानले १८ तथा कमल ऐरीले १० रन बनाए । सुदूरपश्चिमका स्कट कुगेलेइनले ३ विकेट लिए । थारिन्दु रत्नायकेले २ तथा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले १–१ विकेट लिए । यस जितसँगै सुदूरपश्चिमले एनपीएलको उपाधिका लागि फाइनलमा स्थान पक्का गरेको छ । फाइनलमा अब सुदूरपश्चिमले लुम्बिनी लाइन्ससँग प्रतिस्पर्धा गर्नेछ । चितवन राइनोजलाई आज दोस्रो क्वालिफायरमा ३ विकेटले हराउँदै एनपिएल सिजन ३ को फाइनल पुगेको हो । सुदूरपश्चिमले शनिबार हुने फाइनलमा लुम्बिनी लायन्सको सामना गर्नेछ। गत वर्ष पनि लुम्बिनी र सुदूरपश्चिम फाइनल भएको थियो।