एनपीएल

टस जितेर चितवन ब्याटिङमा

बिहीबार, मंसिर ३, २०८३

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा अहिले सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा चितवनले टस जितेर ब्याटिङ रोजेको छ । सुदूरपश्चिम पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न लागेको हो । चितवन भने  इलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई  पराजित दोस्रो क्वालिफारयमा पुगेको हो । आज जित्ने टोली फाइनल पुग्नेछ । फाइनलमा लुम्बिनीसँग खेल्नेछ । फाइनल खेल मंसिर ५ गते हुनेछ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ३, २०८३  १८:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार