सुदूरपश्चिमलाई चितवनको मध्यम लक्ष्य

बिहीबार, मंसिर ३, २०८३

काठमाडौं । डविड मलानको अर्धशतक सहयोगमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सविरुद्ध जितका लागि १ सय ३४ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३३ रन बनाएको छ । चितवनका लागि डविड मलानले बनाएको ७१ रनको अविजित पारी खेले। उनले ५१ बलमा ९ चौका र २ छक्का सहयोगमा ७१ रन बनाए । चितवनका लागि ठूलो साझेदारी बन्न सकेन । मलान र सलाहुद्दिन खानले सातौं विकेटका लागि गरेको साझेदारी नै सबैभन्दा ठूलो साझेदारी रह्यो । सलाउद्दिनले १८ रन जोडे ।  कमल सिंह ऐरी १०, देव खनालले ६, कमिल मिसाराले ४, विवेक यादवले ३, उसामा मिरले २ रन थपे । कप्तान रवि बोपारा र कुशल मल्लले समान १ रन बनाउँदै पेभेलियन फर्के ।  सुदूरपश्चिमका लागि स्कट कुगेलाइनले ३ विकेट लिए । थरिन्दु रत्नायकेले २ विकेट लिए । हेमन्त धामी, दिपेन्द्रसिंह ऐरि र इशान पाण्डेले समान एक विकेट आफ्नो नाममा गरे ।  यो खेलको विजेताले शनिबार लुम्बिनी लायन्सविरुद्ध फाइनल खेल्नेछ । 

p_52b3d30b-1795092196.jpg
 

प्रकाशित मिति: बिहीबार, मंसिर ३, २०८३  २०:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार