सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । तीन देशका लागि नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन जना राजदूतहरूले शपथ लिएका हुन् । भारतका लागि राजदूत डा. निश्चलराज पाण्डे, चीनका लागि राजदूत डा. कल्याणराज शर्मा र इजरायलका लागि राजदूत सुरेश कर्णले शपथ लिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले उनीहरूको नाम अनुमोदन गरेपछि राष्ट्रपति पौडेलेले राजदूत पदमा नियुक्त गरेका थिए । मन्त्रीपरिषद्ले १३ जना राजदूतको नाम सिफारिस गरेकोमा संसदीय सुनुवाइ समितिले १० जनाको नाम मात्रै अनुमोदन गरेको थियो । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि सरकारले सम्बन्धित देशहरूमा राजदूतहरूको नाम अग्रिमोका लागि पठाएको थियो । अग्रिमो आएका ३ जना राजदूतहरूले मात्रै सोमबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।