सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । बझाङको बुंगल नगरपालिका–१० टुमेडामा अटो रिक्सा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनापछि बेपत्ता भएका एक बालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठका अनुसार टुमेडा गाउँबाट बुंगल नगरपालिका–११ को हिनगडा बजारतर्फ जाँदै गरेको अटो आइतबार बिहान करिब १० बजेर २० मिनेटमा दुर्घटनामा परेको हो । ब्रेकले काम नगरेपछि अटो सडकबाट करिब ९०० मिटर तल भीरमा खसेको श्रेष्ठले जानकारी दिए । मृत्यु हुनेमा बुंगल नगरपालिका–१० की करिब ३५ देखि ४० वर्षीया राजमती महरा, १५ देखि १६ वर्षीया तारा महरा र पाँचदेखि छ वर्षीया डल्ली महरा छन् । अटो चालक र अर्का एक जनाको अवस्था सामान्य रहेको जनाइएको छ ।