नेपालका लागि भारतीय राजदूत दलेला र परराष्ट्र सचिव राईबीच भेटवार्ता

शुक्रबार, कात्तिक २७, २०८३

काठमाडौं । नेपालका लागि भारतीय राजदूत महामहिम सुधाकर दलेलाले शुक्रबार  मन्त्रालयमा परराष्ट्र सचिव अमृत बहादुर राईसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।  राजदूत दलेलालाई उनको नियुक्तिमा बधाई दिदैँ सचिव राईले सफल कार्यकालको शुभकामना व्यक्त गरे ।  सो अवसरमा उनीहरूले नेपाल–भारत सम्बन्धका विभिन्न पक्षहरूका बारेमा विचार आदानप्रदान गर्नुका साथै दुवै देश र जनताको पारस्परिक हितका लागि द्विपक्षीय सहयोगलाई अझ सुदृढ बनाउने विषयमा छलफल गरे ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २७, २०८३  १७:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार