एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा

शुक्रबार, कात्तिक २७, २०८३

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तरगत आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दैछन् । कीर्तिपुर मैदानमा जनकपुरले टस जितेर ब्याटिङ रोजेको छ । जनकपुर र चितवनलाई पनि प्लेअफ दौडमा रहिरहन आजको खेल जित्नैपर्ने दबाब छ । २ खेल बाँकी रहेको चितवनलाई अबका खेलमा जितको विकल्प छैन भने अन्तिम खेल खेल्न लागेको जनकपुरलाई जितसँगै अन्य टोलीको नतिजामा समेत निर्भर हुनुपर्ने अवस्था छ । चितवनको ५ खेलबाट ५ अंक छ । ५ खेलबाट ४ अंकमात्र जोडेको जनकपुरलाई अबको जितले ६ अंकमा पुर्याउने छ । प्लेअफका लागि भने अन्य टोलीको भर पर्नुपर्नेछ । आजको पहिलो खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले हराएर सुदूरपश्चिम रोयल्स प्लेअफमा पुगेको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २७, २०८३  १७:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार