सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा तिहार मनाएर काठमाडौं फर्कने र छठ पर्व मनाउन बाहिरिने यात्रुको चहलपहल देखिएको छ । तिहारको बिदा सकेर काममा फर्किनेहरु काठमाडौं आउने क्रम जारी छ भने छठ मनाउन आफ्नो गृहजिल्ला जानेहरू पनि विमानस्थलमा देखिएका छन । चाडपर्वका कारण काठमाडौं बाहिरिने र काठमाडौं फर्किने यात्रुको आवागमन बढेको छ । यता, चाडपर्वको समयमा पनि विदेशिने नेपालीको क्रम भने रोकिएको छैन । रोजगारी, अध्ययन तथा अन्य कामका लागि विदेश जानेहरु पनि विमानस्थलमा लर्को देखिएको छ । यसरी तिहार सकिएसँगै काठमाडौं फर्किने, छठ मनाउन बाहिरिने र विदेश जाने यात्रुका कारण विमानस्थलमा चहलपहल बढेको हो ।