कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा

शुक्रबार, कात्तिक २७, २०८३

काठमाडौं । सरकारले छठ पर्वको अवसरमा कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिएको छ ।  छठका लागि कात्तिक २९ गते आइतबार सार्वजनिक बिदा दिइसकेको सरकारले उदाउँदो सूर्यलाई अर्घ्य दिने दिन सोमबार पनि बिदा दिएको हो । गृह मन्त्रालयले शुक्रबार जारी गरेको सूचनाअनुसार छठमा पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गर्ने परम्परालाई ध्यानमा राखेर सोमबार पनि सार्वजनिक बिदा दिइएको हो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २७, २०८३  १४:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार