Tihar Banner
Tihar Banner

डलरको भाउ १५० रुपैयाँ नाघ्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

मंगलबार, कात्तिक २४, २०८३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (नोभेम्बर १०) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५० रुपैयाँ ५९ पैसा कायम भएको छ । त्यस्तै, युरो एकको खरिददर १६७ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५६ पैसा रहेको छ। बेलायती पाउन्ड एकको खरिददर २०१ रुपैयाँ २६ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७ पैसा तोकिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम भएको छ । यसैगरी, स्विस फ्राङ्क एकको खरिददर १८३ रुपैयाँ ३५ पैसा र बिक्रीदर १८४ रुपैयाँ ८ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ९८ पैसा कायम भएको छ । क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ५३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९५ पैसा रहेको छ । सिंगापुर डलर एकको खरिददर ११७ रुपैयाँ २० पैसा र बिक्रीदर ११७ रुपैयाँ ६७ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर ९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४८ पैसा र बिक्रीदर २२ रुपैयाँ ५७ पैसा कायम भएको छ  । खाडी मुलुकका मुद्राअन्तर्गत साउदी रियाल एकको खरिददर ३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४० रुपैयाँ १२ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ १५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३१ पैसा कायम भएको छ । त्यस्तै, यूएई दिरहम एकको खरिददर ४० रुपैयाँ ८४ पैसा र बिक्रीदर ४१ रुपैयाँ रहेको छ । कुवेती दिनार एकको खरिददर ४८६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४८८ रुपैयाँ ५३ पैसा कायम भएको छ । बहराइनी दिनार एकको खरिददर ३९७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३९९ रुपैयाँ २३ पैसा रहेको छ। ओमानी रियाल एकको खरिददर ३८९ रुपैयाँ ५७ पैसा तोकिएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २४, २०८३  १३:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार