Tihar Banner
Tihar Banner
एनपीएल

काठमाडौंद्वारा चितवनलाई १८१ रनको लक्ष्य

सोमबार, कात्तिक २३, २०८३

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको दोस्रो खेलमा काठमाण्डौ गोर्खाजले चितवन राइनोजलाई १८१  रनको लक्ष्य दिएको छ ।  कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेटको क्षतिमा १८० रन बनायो ।  जसमा राशिद खानले अर्धशतकीय पारी खेल्दै ५२ रन बनाए । चितवनका रिजन ढकालले ३, सिकन्दर राजा र कमलसिंह ऐरीले २/२ विकेट हात पारे ।  चितवन चार खेलबाट ५ अंकसहित चौथो स्थानमा छ। काठमाडौं भने चार खेलबाट ३ जितका साथ दोस्रो स्थानमा छ । प्लेअफ स्थानमा पुग्ने सम्भावना जीवितै राख्न दुबै टोलीको लागि आजको खेल महत्त्वपूर्ण छ । आजै भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ६३ रनले हरायो ।

प्रकाशित मिति: सोमबार, कात्तिक २३, २०८३  १९:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार