सोसल मिडिया
Contact Us
युनिकोड
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनको नतिजाका विरुद्धमा आफ्ना समर्थकले विरोध प्रदर्शन गर्न लागेको बताएका छन् । राजधानी वासिङ्टनमा जनवरी ६ मा उनीहरुले प्रदर्शन गर्ने तयारी गरेको ट्रम्पले जानकारी दिएका हुन् । अमेरिकामा गत नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनको नतिजाप्रति ट्रम्प पक्षले अविश्वास व्यक्त गर्दै विरोध जनाउँदै आएको छ । ‘स्थानीय समयानुसार डिसेम्बर ६ का दिन विहान ११ बजे वासिङ्टन डिसिमा बृहत प्रदर्शन गर्ने तयारी भइरहेको छ’ ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । उनले निर्वाचनमा धाँधली भएका र निर्वाचनको परिणामलाई आमन्य हुने धेरै प्रमाण रहेकोले ती प्रमण पनि विरोध प्रदर्शनका क्रममा प्रस्तुत गरिने बताए । समाचारकाअनुसार वमेन फर अमेरिका फस्ट नामक संस्थाले यो विरोध प्रदर्शनको आयोजना गरेको हो । सो संस्थाले विरोध प्रदर्शनमा सहभागी हुन सबैलाई आह्वान गर्दै आन्दोलनमा सबैको सहयोगको आवश्यकता रहेकोमा जोड दिएको छ । अहिले हुन लागेको प्रदर्शन ढिला भइसकेको र पहिला नै हुनु पर्ने पनि सो संस्थाले उल्लेख गरेको छ । निर्वाचन आयोग, अदालतलगायतका सरोकारवाला निकायले ट्रम्प पराजित भएको र जो वाइडेन निर्वाचित भएको घोषणा गरिसकेका छन् । निर्वाचनको मतपरिणमप्रति असहमति जनाउँदै ट्रम्पले दर्ता गरेको मुद्दामा पनि सबै अदालतले विपक्षमा निर्णय दिइसकेका छन् । तर पनि ट्रम्पका समर्थकले भने विरोध प्रदर्शनलाई निरन्तरता दिँदै आएका छन् । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुनका लागि कुल २७० इलेक्ट्रोरल मत आवश्यक पर्नेमा वाइडेनले ३०६ मत पाएका थिए । राष्ट्रपति ट्रम्पका समर्थकले निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहेका बेलामा पनि प्रदर्शन गरेका थिए भने अहिले पद हस्तान्तरण गर्ने बेलामा प्रदर्शन हुन लागेको हो । अमेरिकामा हरेक चार–चार बर्षमा राष्ट्रपति चयनका लागि निर्वाचन हुने र निर्वाचनपछिको जनवरी २० तारिखमा पद हस्तान्तरण हुने प्रचलन छ । यस बर्ष पनि आगामी २० तारिखमा पद हस्तान्तरण गर्ने तयारी भइरहेको छ ।–एएनआई