एनपीएलमा आज ब्रेक 

शुक्रबार, कात्तिक १३, २०८३

काठमाडौं। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज शुक्रबार कुनै पनि खेल राखिएको छैन । भोलि शनिबार भने दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै छ । दोस्रो खेलमा साँझ ५ बजेसुदूरपश्चिम रोयल्स र बिराटनगर किंग्स भिड्दैछन् । एकमा हार र एकमा जित निकाले सुदूरपश्चिम तेस्रो खेल खेल्दैछ । तेस्रो खेल नै खेल्न लागेको विराटनगर यसअघिकै दुबै खेलमा पराजित भएको थियो ।  हालसम्म प्रतियोगितामा लगातार दुई खेल जितेर ४ अंकसहित कर्णाली याक्स शिर्ष स्थानमा छ । एक खेल खेलेको पोखरा एभेन्जर्स पुछारमा छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १३, २०८३  १४:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार