सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले विराटनगर किङ्सलाई ४ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । कर्णालीको जितमा सोमपाल कामीले अविजित ६२ रन बनाए । उनले ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। गुल्सन झाले अविजित २८ रन जोडे । पवन सर्राफले ३६, अरिफुल इस्लामले ३२ र दीपक डुम्रेले २० रन बनाए । बलिङतर्फ विराटनगरका एन्जेलो म्याथ्युजले ३ तथा चरिथ असलंका, प्रतीश जिसी र सन्दीप लामिछानेले समान १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको थियो। उसका लागि लोकेश बमले सर्वाधिक ८७ रन बनाए । उनले ५२ बलमा ३ चौका र ९ छक्का प्रहार गरे । एन्जेलो म्याथ्युजले ३१, आन्द्रे रसेलले २७ र बासिर अहमदले १३ रन बनाए । कर्णालीका सोमपाल कामीले ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए । मार्क वाटले १ विकेट लिए। कर्णालीले लगातार दुई खेल जित्दा विराटनगरले दुबै खेल हारेको छ ।