लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनमा सत्तापक्ष नै अनुपस्थित, मुख्यमन्त्रीद्वारा राजीनामा

बुधबार, साउन २७, २०७८

काठमाडौं । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन सुरु भएको छ । बुटवलस्थित प्रदेशसभा भवनमा भएको विशेष अधिवेशनमा सत्तापक्ष नेकपा एमालेका सांसदहरू अनुपस्थित भएका हुन् । प्रदेशसभामा आज मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदैछ । विपक्षी गठबन्धनका दलहरूले उहाँविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्दै माओवादीका केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ । अविश्वासको प्रस्ताव पेशहुनुअघि नै मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । पोखरेलको राजीनामा आएको जानकारी प्रदेश प्रमुखले फोनमार्फत गरेको सभामुख पूर्णबहादुर घर्तीले सदनमा बताए  ।  यसअघि सभामुख घर्तीले सत्तापक्षले बहिस्कार गरे पनि प्रदेशसभा बैठक जारी रहने बताएका थिए । 

प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  १३:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार