Dashain Banner
Dashain Banner

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान गृहमन्त्रीको आग्रह

आइतबार, असोज २५, २०८३

काठमाडौ । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार जोड्ने पुल बाढीले बगाएको छ। घट्टेखोला क्षेत्रमा केही घरमा लेदोसहितको पानी पसेको र नदीको बहाव निरन्तर बढिरहेको घटनाप्रति गृहमन्त्री सुधन गुरुङले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । घटनालगत्तै उद्धार, राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासन परिचालन गरिएको गृहमन्त्री गुरुङले बताएका छन् । उनका अनुसार उद्धार तथा राहत कार्यका लागि हेलिकप्टरसमेत घटनास्थलमा परिचालन भइसकेका छन् । बूढीगण्डकी नदीको जलस्तर बढ्दै गएकाले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्री गुरुङले आग्रह गरेका छन् । उनले विशेषगरी सिर्दिबास, जगत, सल्लेरी, खोलबेसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दालाई जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन तथा सुरक्षित स्थानमा स्थानान्तरण हुन अनुरोध गरेका छन् । गृहमन्त्री गुरुङले विपद्को यस घडीमा धैर्य कायम राख्दै आफ्नो तथा परिवारको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका छन् । साथै, आपत्कालीन सहायताका लागि गृह मन्त्रालयको १२३४ नम्बरमा सम्पर्क गर्नसमेत अनुरोध गरेका छन् ।

प्रकाशित मिति: आइतबार, असोज २५, २०८३  ११:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार