सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५५ रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०८ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०९ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ४२ पैसा र बिक्रीदर २०५ रुपैयाँ २१ पैसा कायम गरिएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।