महामन्त्रीमा प्रदीप पौडेलले गराए उम्मेदवारी दर्ता

मंगलबार, असोज २०, २०८३

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पुनः महामन्त्री पदमा उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार पौडेलले महामन्त्री पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।  कांग्रेसको संशोधित विधानअनुसार यसपटक दुई खुला र एक महिला गरी तीन महामन्त्री रहने व्यवस्था गरिएको छ । खुलातर्फ महामन्त्री पदका लागि यसअघि डा. सुनिल शर्मा, नैनसिंह महर र शंकर तिवारीले उम्मेदवारी दर्ता गराइसकेका छन् ।

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  १८:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार