सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसका सांसद मदनकृष्ण श्रेष्ठले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने भएका छन् । उम्मेदवारीका लागि दरखास्त फारम लिने क्रममा नेपाल न्यूज बैंकसँगको कुराकानीमा श्रेष्ठले सहमहामन्त्री पदमा उम्मेदवारीका लागि छलफल भइरहेको बताए । यद्यपी, उनले आफू सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारीमा रहेको भएपनि अन्तिम निर्णयका लागि छलफल भइरहेको बताए । ‘म सहमहामन्त्रीको लागि तयारी गरिरहेको छु । तर छलफल गरिरहेको छु। सबै कुरा आफूले चाहना मात्र गरेर हुँदैन। सबैलाई मिलाएर लानुपर्छ,’ उनले भने । श्रेष्ठले आफूले यसअघि केन्द्रीय सदस्यमा राम्रो मतसहित निर्वाचित भएको उल्लेख गर्दै सहमहामन्त्रीमा पनि जित्न सक्ने आधार रहेको बताए । यद्यपि, पार्टीभित्र सबैलाई मिलाएर अघि बढ्नुपर्ने उनको भनाइ छ । उनले सहमहामन्त्रीको कोटाबाट उम्मेदवारी दिने वा खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भन्ने विषयमा समेत छलफल भइरहेको जानकारी दिए । श्रेष्ठले कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउनु, पार्टीभित्र सुशासन र अनुशासन कायम गर्नु तथा सबै जातजाति, भाषाभाषी र समुदायलाई समेट्नु आफ्नो प्राथमिकता रहेको बताए ।आगामी स्थानीय तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै कांग्रेसलाई कार्यक्रमसहित जनतामाझ लैजानुपर्ने र जनताको मत जित्ने गरी पार्टीलाई आकर्षक बनाउनुपर्ने उनको भनाइ छ ।