सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता छन् । जारी १५औँ महाधिवेशनअन्तर्गत उपसभापति शर्माले आज दिउँसो वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । उनले वारेसमार्फत आफ्नो उम्मेदवारी दर्ता गराएका निर्वाचन समितिले जनाएको छ । पुष्पराज पौडेलले वारेसमार्फत शर्माको उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसको विधानमा पहिलोपटक वरिष्ठ उपसभापतिको व्यवस्था गरिएको छ । यसैगरी, महामन्त्रीमा प्रदीप पौडेल, गुरूराज घिमिरे, शंकर तिवारी, सुनिल शर्मा, नैनसिंह महर, डिला संग्रौला महिला, रिता खनालले महिला कलष्टरमा उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी सहमहामन्त्रीमा अजयबाबु शिवाकोटी–खुला, अब्दुल सतार–मुस्लिम, मीन भाम– पिछडिएको क्षेत्र र अभिषेकप्रताप साहले मधेशी कोटा कलष्टरमा उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी, सहमहामन्त्रीमा प्रतिमा गौतम–महिला, देवेन्द्रराज कँडेल–खुला, जीवनबहादुर शाही– पिछडिएको क्षेत्र, रामहरि खतिवडा–खस आर्य, मनोजमणी आचार्यले खस आर्यमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।