भ्रष्टाचार र परिवारवादविरुद्ध उम्मेदवारी हो : रामपल्टन साह

मंगलबार, असोज २०, २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत राष्ट्रिय सभागृहमा केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी मनोनयनपत्र दर्ता भइरहेको छ । धनुषा निर्वाचन क्षेत्र नम्बर १ का महाधिवेशन प्रतिनिधि रामपल्टन साहले सहमहामन्त्रीमा उम्मेद्वार दिएका छन् । उनले भ्रष्टाचार र परिवारवादविरुद्ध आफ्नो उम्मेदवारी रहेको बताए । उनले मुलुकमा पछिल्लो समय भएका विभिन्न घटनाक्रम तथा भ्रष्टाचार र परिवारवादप्रतिको असन्तुष्टिका कारण जेनजी विद्रोह भएको उल्लेख गरे । उक्त विद्रोहको पृष्ठभूमिबाट नेपाली कांग्रेसमा विशेष महाधिवेशनको परिकल्पना आएको उनले बताए ।  उनले भने, ‘यो महाधिवेशनलाई सत्य र न्यायको पक्षमा भ्रष्टाचार र परिवार बिचको विरुद्धमा यो उम्मेदवारी हो । यो मुलुकमा जुन अहिले सम्म जुन घटना परि घटना भएका छन् । भ्रष्टाचार र परिवारवादको उनमादले भरिएको नेपाललाई जुन जेनजीको विद्रोह भयो त्यो विद्रोह बाट नेपाली कांग्रेसमा विशेष महाधिवेशनको परि कल्पना आयो । र विशेष महाधिवेशनले त्यो म्यान्डेट लिएर आयो । त्यो म्यान्डेटको पक्षमा भ्रष्टाचार र परिवार वादको विरुद्धमा हाम्रो उम्मेदवारी हो ।’   विशेष महाधिवेशनले अघि सारेको म्यान्डेटलाई आत्मसात् गर्दै आफूहरूको उम्मेदवारी भ्रष्टाचार र परिवारवादविरुद्ध रहेको उनले बताए । 

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  १६:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार