युवा नेता शंकर तिवारीले कांग्रेस महामन्त्रीमा दिए उम्मेदवारी

मंगलबार, असोज २०, २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा शंकर तिवारीले महामन्त्री पदमा उम्मदवारी दर्ता गराएका छन् ।  मंगलबार राष्ट्रिय सभामा रहेको केन्द्रीय निर्वाचन समितिको कार्यालयमा पुगेर तिवारीले महामन्त्री पदमा उमेदवारी दर्ता गराएका हुन् ।  मनोनयनपछि उनले भनेका छन्, ‘नेपाली कांग्रेसको केन्द्रीय महामन्त्री पदका लागि विधिवत रूपमा मनोनयन दर्ता गरेको छु । अब यहाँहरूको झन् ठूलो साथ र सहयोगको आशा गरेको छु ।’ आइतबार बिहान काठमाडौंमा आयोजित विशेष समारोहमा तिवारीले आफूले नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै कांग्रेस विचारको रक्षा, सिर्जनशील व्याख्या र पार्टी रूपान्तरणका लागि महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका थिए ।  १४औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यतर्फ सबैभन्दा कान्छा उम्मेदवारका रूपमा चर्चामा आउनुभएका तिवारीले यसपटक महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।  राजनीतिक विश्लेषक तथा लेखकका रूपमा समेत परिचित तिवारी विद्यार्थी राजनीतिदेखि नै कांग्रेस सभापति गगन थापानिकट रहेर काम गर्दै आएका छन् । उनले लेखन तथा वैचारिक मन्थनका क्षेत्रमा समेत सभापति थापासँग सहकार्य गर्दै आएको बताए ।  तिवारीले बदलिँदो राजनीतिक परिस्थितिअनुसार कांग्रेसको संगठनलाई बलियो बनाउँदै पार्टीलाई तल्लो तहदेखि दूरदराजका जनतासम्म जोड्न आवश्यक रहेको बताए ।

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  १६:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार