१३ देशका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आजदेखि सुरु हुँदै

मंगलबार, असोज २०, २०८३

काठमाडौं । विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदै छ । प्रतिनिधिसभाअन्तर्गतको संसदीय सुनुवाइ समितिको बिहान ११ : १५ बजे बस्ने बैठकमा प्रस्तावित राजदूतविरुद्ध परेका उजुरी र उनीहरूले पेस गरेका कार्य योजना समितिका सदस्यहरूलाई वितरण गर्ने कार्यसूची रहेको छ । समितिका अनुसार प्रस्तावित १३ राजदूतविरुद्ध कुल ७ वटा उजुरी परेका छन् । जसमध्ये दुई वटा उजुरी सबै प्रस्तावित राजदूतलाई समेटेर हालिएका छन् भने पाँच वटा उजुरी निश्चित प्रस्तावित व्यक्तिहरूलाई मात्र लक्षित गरी परेका छन् ।

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  ११:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार