स्थानीय निर्वाचनका उम्मेदवार चयन गर्न रास्वपाले गठन गर्‍यो समित 

शनिबार, असोज १७, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय निर्वाचनका उम्मेदवार चयनका लागि समिति गठन गरेको छ । सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको केन्द्रीय कमिटी बैठकले विपिनकुमार आचार्यको संयोजकत्वकको उम्मेदवार चयन समिति गठन गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए । उनका अनुसार समितिमा सातै प्रदेशबाट प्रतिनिधित्व हुनेगरी सदस्य मनोनयन गरिएको छ । जसअनुसार कोशी प्रदेशबाट मिलन लिम्बु, मधेशबाट रहबर अन्सारी, बागमतीबाट तोसिमा कार्की, गण्डकीबाट कविन्द्र बुर्लाकोटी, लुम्बिनीबाट सुशान्त बैदिक, कर्णालीबाट तासी लाजुङ र सुदूरपश्चिमबाट जनकसिंह धामीलाई मनोनयन गरिएको छ ।
बैठकले स्थानीय तह निर्वाचनका लागि पार्टीका उम्मेदवार छनोटसम्बन्धी जिम्मेवारी उक्त समितिलाई दिने निर्णय गरेको हो ।

प्रकाशित मिति: शनिबार, असोज १७, २०८३  २०:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार