पार्टीलाई दूरदराजसँग जोड्ने संकल्पसहित डा.सुनील शर्मा कांग्रेसको महामन्त्री लड्ने

शनिबार, असोज १७, २०८३

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम मेडिकल व्यवसायी डा.सुनील शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उमेदवारी दिने भएका छन् । मोरङ–३ बाट अत्यधिक बहुमतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित डा.शर्माले शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै महामन्त्री पदमा उम्मेदवारी दिने जानकारी दिएका हुन् ।  यसअघि नै डा. शर्मा कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार बन्ने तयारीमा रहेको चर्चा हुँदै आएको थियो । पार्टीको नयाँ नेतृत्व र पदाधिकारी चयनलाई लिएर बहस चलिरहेका बेला शर्माले महामन्त्री पदमा आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन् । स्वास्थ्य, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहँदै आएका डा.शर्माले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई जनतासँग प्रत्यक्ष जोड्ने संकल्पसमेत गरेका छन् ।  शर्मा नेपाली कांग्रेसको राजनीतिमा २०५४ सालदेखि सक्रिय छन्। १३औँ महाधिवेशनदेखि महासमिति सदस्य रहँदै आएका उनले कांग्रेस पार्टीलाई दूरदराजका नागरिकसँग जोड्दै सामान्य मानिसका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रसँग जोडेर काम गर्ने पनि बताए । 

 

प्रकाशित मिति: शनिबार, असोज १७, २०८३  २०:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार