कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा रवि, ओली र प्रचण्ड सहभागी हुने

शनिबार, असोज १७, २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनमा सहभागी हुने भएका हुन् । कांग्रेस नेता उदयशमशेर राणाका अनुसार रास्वपा सभापति लामिछानेले महाधिवेशनमा उपस्थित हुने जानकारी गराएका छन्। कांग्रेसले ओली, दाहाल र लामिछानेलाई महाधिवेशनको उद्घाटन समारोहका लागि औपचारिक निमन्त्रणा दिएको थियो । यस्तै, एमाले अध्यक्ष ओली र नेकपा संयोजक दाहाल पनि उद्घाटन समारोहमा सहभागी हुने तय भएको छ। उनीहरूले महाधिवेशनमा शुभकामना मन्तव्य दिने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १७, २०८३  १२:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार