सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल समूह विजेताका रुपमा जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा पुगेको छ । वर्षाका कारण जापानविरुद्धको खेल रद्द भएपछि नेपाल ३ अंकसहित नेपाल समूह एको विजेताका रुपमा अन्तिम आठमा पुगेको हो । नेपालले मंगलबार श्रीलंकासँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। हिजो नेपालसँग ५ विकेटले पराजित भएपनि अघि बढेको अफगानिस्तानले भारतसँग क्वाटरफाइनल खेल्नेछ। समूहमा नेपालको ३, अफगानिस्तानको २ र प्रतियोगिताबाट बाहिरिएको जापानको १ अंक जोड्यो ।
सन्दीप र लोकेशको अर्धशतक वर्षाले खेल रोकिनुअघि नेपालले जापानलाई १ सय ५० रनको लक्ष्य दिएको थियो । वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा नेपालले ४ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । सन्दीप जोरा र लोकेश बमले अर्धशतक बनाएपछि नेपाल मजबुत योगफल तयार पारेको थियो। सन्दीपले ३२ बलमा ५ चौका र ३ छक्कासहित ५७ रन बनाएका थिए। सन्दीपको टि ट्वान्टी आईमा यो पाँचौं अर्धशतक हो । त्यस्तै लोकेश २२ बलमा ६ छक्का र १ चौकासहित ५२ रन बनाए थिए। छन्। टि ट्वान्टी आईमा लोकेशको पहिलो अर्धशतक हो । पाँचौं विकेटका लागि सन्दीप र लोकेशले ३० बलमा ६५ रनको साझेदारी गरेका थिए । ओपनर कुशल भुर्तेल ४, अर्का ओपनर आरिफ शेख २१, कुशल मल्ल र गुल्शन झा समान २ रनमा आउट भएका थिए । यसअघि नेपालले शुक्रबार अफगानिस्तानलाई ५ विकेटले हराएको थियो । अफगानिस्तानले दिएको १ सय ३ रनको लक्ष्य नेपालले १७।२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो। अफगानिस्तानले पहिलो खेलमा जापानलाई हराएको थियो ।