२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍याे ९५२ जनालाई कारबाही

आइतबार, असोज ४, २०८३

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९५२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने १२०, सिसिटिभिमार्फत ५६, रातोबत्तीमा ६७ जना चालकलाई कारबाही गरिएको छ ।  यसैगरी, तीव्रगतिमा १५२, हर्न निषेधमा २८, लेन क्रसमा ४३, अवस्था ठिक नभएको ३४, एकतर्फीमा १२ र अन्यमा ४४२ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

 

प्रकाशित मिति: आइतबार, असोज ४, २०८३  १०:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार