अपहरणको ११ दिनपछि घर नजिकै सकुसल फेला परे बालक

मंगलबार, भदौ ३०, २०८३

जनकपुरधाम । गत ११ दिनदेखि हराई रहेका धनुषाको विदेह नगरपालिका–६ तिनकौरिया बजारका १५ महिने बालक बाट १२ औं दिन घर नजिकैबाट सकुशल फेला परेका छन् ।  स्थानीय कमलेश महतोका अन्दाजी १५ महिने छोरा सिद्धान्त महतो भदौ १८ गतेदेखि तिनकौरिया बजारबाटै हराएको थियो । प्रहरीले सोही दिनदेखि खोजतलाश शुरु गरेका थिए । अन्ततः घर नजिकैको केराबारीबाट फेला पारेपछि घटनाको रहस्य खुल्यो बालक हराएको होइन अपहरणमा परेको थियो ।  अपहरण आरोपमा प्रहरीले एक महिलालाई पक्राउ समेत गरेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले भने पहिला हामीलाई सूचना आयो बालक हराएको  छ, सोही आधारमा मधेश प्रहरी र जिल्ला प्रहरीको संयुक्त टोलीले परिचालन गरी खोजतलाश अन्ततः घर नजिकै फेला परेपछि बालक अपरहणमा परेको रहस्य खुल्यो ।  अपहरण  भएका ११ दिनसम्म बालक कहाँ थियो भन्ने प्रश्न डिएसपी खनालले भने ‘प्रारम्भिक अनुसन्धानको क्रममा ती महिलाले बालकलाई नेपाल भारत घुमाईरहेको थियो । कहिले आफ्नो घरमा राख्ने त कहिले आफ्नो माइतसहित विभिन्न नातेदार कहाँ भारत बिहारको मधुबनी जिल्लाका विभिन्न स्थान राख्ने गथ्र्यो ।’ उनले थप्दै भने ‘बालकको खोजीमा प्रहरीले निरन्तर फलोअप तथा अनुसन्धान गरिरहेका थियौं सोमवार दिउँसो करीब साढे तीन बजे अपहरित बालकको घरबाट ३ सय मीटरको दूरीमा रहेको केराबारीमा बालक फेला परेपछि अनुसन्धान गर्दै जाँदा कमला नगरपालिका–९ हथलेट्वाकी करिब ४१ वर्षीया पुनिता देवी पासवानलाई पक्राउ गरियौं ।’  बालकलाई छाडेर भागेकी पुनिता देवी पासवानलाई बालक हराएको १५÷२० मिनेटमै भारततर्फ भाग्दै गरेको अवस्थामा विदेह नगरपालिका–१ महिनाथपुरस्थित दशगजा क्षेत्रबाट पक्राउ गरियो । उनले के कति कारणले अपहरण गरेको भन्ने कुरा अहिलेसम्म खुल्न सकेको छैन तर उनीविरुद्ध अपहरण, शरीर बन्धक तथा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको डिएसपी खनालले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०८३  १९:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार