रसुवा बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

सोमबार, भदौ २२, २०८३

काठमाडौं । आज राष्ट्रिय शोक मनाइँदै छ । रसुवाको भोटेकोशी नदीमा गएको विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाको सम्मानमा आज (सोमबार) राष्ट्रिय शोक मनाउन लागेको हो ।  आज नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइने छ । यही भदौ १८ गते सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३  १०:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार