सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरपालिकाले भोटेकोशी नदी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड रूपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । महानगरपालिकाले बिहीबार एक विज्ञप्ति जारी गर्दै बुधबार रसुवा जिल्लाको सीमावर्ती क्षेत्र रसुवागढी र तल्लो तटीय क्षेत्र भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले प्रभावित क्षेत्रमा आवश्यकताअनुसार अन्य प्राविधिक तथा मानवीय सहयोगसमेत उपलब्ध गराउन तत्पर रहेको जनाएको छ । विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै तहका सरकार, सुरक्षा निकाय, गैरसरकारी तथा निजी क्षेत्र, सामाजिक संघसंस्था, सञ्चारमाध्यम र आमनागरिकबीच थप एकता, सहकार्य र समन्वय आवश्यक रहेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले प्रभावित क्षेत्रमा आवश्यकताअनुसार अन्य प्राविधिक तथा मानवीय सहयोगसमेत उपलब्ध गराउन तत्पर रहेको जनाएको छ । विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै तहका सरकार, सुरक्षा निकाय, गैरसरकारी तथा निजी क्षेत्र, सामाजिक संघसंस्था, सञ्चारमाध्यम र आमनागरिकबीच थप एकता, सहकार्य र समन्वय आवश्यक रहेको महानगरपालिकाले जनाएको छ । विपद्सम्बन्धी आवश्यक समन्वय तथा सहयोगका लागि ललितपुर महानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख लव कार्कीलाई सम्पर्क गर्न सकिने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसैबीच, ललितपुरको गोदावरी नगरपालिकाले पनि बाढी तथा पहिरोका कारण प्रभावित भएका नागरिकका लागि ५० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाको बिहीबार आयोजित कार्यपालिका बैठकले विपद्को यो कठिन घडीमा मानवीय सहायतास्वरूप उक्त रकम राहत तथा उद्धार कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको हो ।
विपद्मा परेका जिल्लामा परेको ठूलो प्राकृतिक विपत्तिमा मलम लगाउन र आपत्कालीन उद्धार कार्यलाई थप प्रभावकारी बनाउन यो सहयोग रकम प्रदान गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले कार्यपालिका बैठकपछि जानकारी दिँदै भने, ‘रसुवा र नुवाकोटमा गएको बाढीपहिरोले ठूलो जनधनको क्षति पु¥याएको छ । यस्तो संवेदनशील र दुःखद् समयमा एक स्थानीय सरकारले अर्को जिल्लाका नागरिकलाई सहयोग गर्नु हाम्रो नैतिक तथा मानवीय दायित्व हो ।’
प्रमुख महर्जनका अनुसार घोषित ५० लाख रूपैयाँ रकममध्ये दुवै जिल्लाका अति प्रभावित क्षेत्र र पीडित परिवारको पुनरोत्थान तथा राहत कार्यका लागि आवश्यकता अनुसार समन्वय गरी वितरण गरिनेछ ।