सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछाने एकदिवसीय टिमको नयाँ कप्तान नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई एकदिवसीय क्रिकेटको कप्तान नियुक्त गरेको जनाएको हो । क्यानले प्रिमियर कपका लागि टोली घोषणा गर्दै सोमबार लामिछानेलाई कप्तान नियुक्त गरेको हो । आउँदो अगष्ट ३० देखि मलेसियामा एसीसी प्रिमियर कप हुँदै छ । लामिछानेको कप्तानी टोलीमा आशिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डे, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी र हेमन्त धामी छन् । सन्दीपले सन् २०२२ को अगस्ट ३० मा पछिल्लोपटक नेपालका लागि कप्तानी गरेका थिए । ट्वान्टी–२० को कप्तानमा भने दीपेन्द्रसिंह ऐरी यथावत् छन् ।