सोसल मिडिया
Contact Us
युनिकोड
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–९ बेतिनी अगौटेबाट प्रहरीले एक थान पेस्तोल र त्यसको म्यागजिन बरामद गरेको छ । घरमा पेस्तोल लुकाएर राखिएको विशेष सूचनाका आधारमा सोमबार प्रहरीले चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा बेतिनी अगौटे बस्ने १९ वर्षीय टेकबहादुर सिङतानको घरबाट पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । बालुवा–सिमेन्टले बनेको जस्ताले छाएको दुईतले घरको माथिल्लो तलाको चोटामा रहेको जेब्रा झोलाभित्र रातो टी–सर्टले बेरेर रातो प्लास्टिकमा लुकाइराखेको अवस्थामा पेस्तोल फेला परेको हो । प्रहरीका अनुसार ‘No. ०१७११०’ लेखिएको एक थान पेस्तोल र त्यसको एक थान म्यागजिन बरामद गरिएको छ । पेस्तोल बरामद भएपछि १९ वर्षीय सिङतानलाई पक्राउ गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।