काठमाडौंमा ‘जमजम ब्रदर्स’, ‘जमजम पफ्र्युम्स नेपाल’को उद्घाटन

शनिबार, साउन २३, २०८३

काठमाडौं । सामाजिक सञ्जालमा चर्चित ‘जमजम ब्रदर्स’ अर्थात् मुहम्मद शकुर र अब्दुल गफुरले नेपालमा आफ्नो व्यवसाय विस्तार गरेका छन् ।  शनिबार उनीहरूले काठमाडौंको सुन्धारास्थित सिभिल मलमा ‘जमजम पफ्र्युम्स नेपाल’को औपचारिक उद्घाटन गरेका हुन् । ‘छोटे भाइ’ र ‘बडे भाइ’का रूपमा समेत परिचित मुहम्मद शकुर र अब्दुल गफुर शुक्रबार नेपाल आएका थिए । नेपालमा आफ्नो व्यवसाय विस्तार गर्ने क्रममा उनीहरूले शनिबार ‘जमजम पफ्र्युम्स नेपाल’को औपचारिक सुरुवात गरेका हुन् । उद्घाटनपछि सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिँदै उनीहरुले नेपालमा सोचेको भन्दा पनि बढि माया पाएको बताउँदै फेरी नेपाल आउने प्रतिबद्धता जनाए ।  ‘जति हामीले सोचेको थियौं त्यो भन्दापनि बढि माया नेपाली फ्यानको पायौं । त्यसको लागि धेरै धेरै धन्यवाद । हामी फेरी पनि नेपाल आउँने छौं’, उनीहरुले भने ।  ग्याजेटका छोटा भिडिओ, कमेडी, पारिवारिक सामग्री तथा दाजुभाइबीचको प्रगाढ सम्बन्धका कारण जमजम ब्रदर्स सामाजिक सञ्जालमा चर्चित छन् । प्रायः एउटै किसिमको गेटअपमा देखिने उनीहरूका सामग्रीलाई विश्वभरबाट ठूलो संख्यामा दर्शकले पछ्याउने गरेका छन्। मुहम्मद शकुर र अब्दुल गफुरले मिर्जा फारुक बेग र रउफ बेगसँग मिलेर सन् २०१३ मा संयुक्त अरब इमिरेट्स (यूएई) मा इलेक्ट्रोनिक्स सामानको व्यवसाय सुरु गरेका थिए । नेपालमा भने उनीहरूको व्यवसायमध्ये ‘जमजम पफ्र्युम्स’को बिक्री सुरु गरिएको हो । 

नेपालमा व्यवसाय विस्तारसँगै जमजम ब्रदर्सले नेपाली बजारमा आफ्नो ब्रान्डको उपस्थितिलाई थप विस्तार गर्ने तयारी गरेको बताइएको छ।

प्रकाशित मिति: शनिबार, साउन २३, २०८३  १५:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार