देवानगञ्ज घटनापछि सरकार–पीडित परिवारबीच ६ बुँदे सम्झौता

शुक्रबार, साउन १५, २०८३

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा श्रावण १० गते भएको घटनामा ज्यान गुमाएका परिवार र सरकारबिच ६ बुँदे सहमति भएको छ । घटनामा ज्यान गुमाएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताका परिवार र गृह मन्त्रालयबिच ६ बुँदे सम्झौता भएको हो । सम्झौताअनुसार गृह मन्त्रालयले पीडित परिवारका प्रमुख मागहरूलाई यथाशीघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल सरकारले मृतकद्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने र प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीउपर प्रचलित कानुन बमोजिम तत्काल कानुनी कारबाही अगाडि बढाउने दुई पक्षबिच सहमति भएको छ ।  घटनाको अध्ययनका लागि गठित छानबिन समितिको प्रतिवेदनका सुझाव तथा सिफारिसहरू कानूनबमोजिम कार्यान्वयन गर्ने तथा मृतकद्वयको स्मृतिमा स्थानीय सरकारसँग समन्वय गरी गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३  ११:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार