सिरहा झडपमा गोली लागेर घाइते भएका किशोरको मृत्यु

बिहीबार, साउन १४, २०८३

सिरहा । सिरहामा दुई पक्षबिच भएको झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका औरही गाउँपालिका–२ का अन्दाजी १५ वर्षीय गणेश यादवको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार गणेश यादवको निधन भएको जानकारी प्राप्त भएको हो । घटनापछि प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने ठुलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । प्रशासनका अनुसार घटनाबारे थप विवरण संकलन भइरहेको छ । सम्भावित थप अप्रिय घटना हुन नदिन सिरहाका विभिन्न क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३  १७:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार