मुग्लिन–नारायणगढ सडक खण्डमा सुक्खा पहिरो, दुवैतर्फको आवागमन ठप्प

मंगलबार, साउन १२, २०८३

काठमाडौँ । मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ ।  पहिरो ठूलो भएकाले दुईतर्फी नै सवारी बन्द भएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ । पहिरो पन्छाउनका लागि सम्बन्धित स्थानमा मेसिन परिचालन गरिएको छ भने पन्छाउने क्रम जारी रहेकाले मुग्लिनबाट नारायणगढतर्फ जाने र नारायणगढबाट मुग्लिनतर्फ आउने गाडीहरू रोकिएका छन् । सडक डिभिजन कार्यालयले पहिरोका कारण रोकिएका सम्पूर्ण यात्रुहरूलाई धैर्य गरी बसिदिन आग्रह गरेको छ । आज बिहान करिब पौने ९ बजेतिर पहिरो खसेको बताइएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३  १०:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार