आज साउनको दोस्रो सोमबार 

सोमबार, साउन ११, २०८३

काठमाडौं । आज साउन महिनाको दोस्रो सोमबार शिवको पूजा आराधना गरी मनाउँदैछन् । हिन्दू धर्मावलम्बीहरुका लागि वर्षकै पवित्र दिनको रूपमा लिइने दोस्रो साउने सोमबारमा शिवको पूजा आराधना गर्ने गर्दछन् ।  साउन महिनाको सोमबार भगवान् शिवको विशेष पूजा आराधना गर्ने परम्परा छ । यस दिन नदी तथा तलाउमा गई स्नान गर्ने र शिवलिङ्ग तथा शिव मन्दिरमा जल तथा बेलपत्र चढाउने प्रचलन छ ।  साउन महिनाको सोमबार शिवको व्रत तथा पूजा गर्दा विशेष फलदायी हुने जनविश्वास छ ।

प्रकाशित मिति: सोमबार, साउन ११, २०८३  १०:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार