श्रम शोषणविरुद्ध माइतीघरमा चिकित्सकद्धारा प्रदर्शन

शनिबार, साउन २, २०८३

काठमाडौं । विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकहरूले विरोध प्रदर्शन गरेका छन् । आफूहरूमाथि चरम श्रम शोषण भएको भन्दै उनीहरूले शनिबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले हप्तामा ४८ घण्टाभन्दा बढी काम गराइएमा श्रम ऐनअनुसार अतिरिक्त समय (ओभरटाइम) भत्ता उपलब्ध गराइनुपर्ने माग गरेका छन् । त्यस्तै, नेपाल सरकारले बजेट भाषणमार्फत बढाएको तलब र विगतको सहमति अनुरूप आवासीय चिकित्सकहरूलाई अधिकृत आठौँ तह सरहको बढेको तलब कार्यान्वयन गरिनुपर्ने, एमबीबीएस र बीडीएस पूरा गरेपछि एमडी–एमएस(एमडीएस अध्ययनका लागि राखिएको एक वर्षको अनिवार्य कार्य अनुभवको प्रावधान खारेज गरिनुपर्ने लगायतका माग उनीहरूको छ । 

प्रकाशित मिति: शनिबार, साउन २, २०८३  १८:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार