साना र सावित्रीको उत्कृष्ट प्रदर्शनमा नेपालको दोस्रो जित

आइतबार, असार २८, २०८३

काठमाडौं । साना प्रवीण र सावित्री धामीको प्रभावशाली ब्याटिङमा नेपालले एसिसी महिला यु-१९ प्रिमियर कपमा सिंगापुरलाई १ सय ५१ रनको फराकिलो अन्तरले हराएको छ । मलेसियामा जारी प्रिमियर कपमा नेपालको यो लगातार दोस्रो जित हो ।  आज जितको लागि २ सय रनको विशाल लक्ष्य पछाएको सिंगापुर २० ओभरमा ८ विकेट गुमाउँदै ४८ रनमा समेटियो ।  अंकिता वर्षा राजले १९ रन जोड्दा अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् । बलिङमा जस्तै ब्याटिङमा पनि सिंगापुर निरिह बन्यो ।  नेपालका‌ लागि बलिङमा अनु कडायतले ४ ओभर बलिङ गर्दै मात्र ४ रन दिएर ३ विकेट लिइन् । मनिषा उपाध्याय र रिया शर्माले समान २ विकेट लिए ।  त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा  कुनै पनि विकेट नगुमाई नेपालले १ सय ९९ रनको बनायो । 
सिंगापुरका कुनै पनि बलरले नेपालका दुई ब्याटरलाई पबिलियनको बाटो देखाउन सकेनन् । ओपनरद्वय साना र सावित्रीले पहिलो विकेटको लागि अविजित १ सय ९९ रनको साझेदारी गरे । दुवैले अर्धशतक बनाए ।  साना शतकबाट २ रनले मात्र चिकुन् । सानाले ७० बल खेल्दै १३ चौका सहित अविजित ९८ रनको तारिफयोग्य प्रदर्शन गरिन् ।  सावित्रीले ५३ बल खेल्दै १३ चौका प्रहार गर्दै अविजित ७८ रन जोडिन् । दुई खेलाडीले चौकाबाट मात्र १ सय ४ रन बनाए । सावित्रीको भने यो लगातार दोस्रो अर्धशतक हो । हिजो पनि उनले कतार विरूद्ध ५२ रन बनाएकी थिइन् ।  सिंगापुरका बलरहरू निरिह बने । कुनै पनि खेलाडीले विकेट लिन सकेनन् । हिजो भएको पहिलो खेलमा नेपालले कतारलाई २५ रनमा रोक्दै १ सय ५ रनको फराकिलो जित हात पारेको थियो ।  नेपालले मंगलबार हङकङसँग खेल्नेछ ।

woman-cricket-1783847661.jpg
 

प्रकाशित मिति: आइतबार, असार २८, २०८३  १५:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार