साना र सावित्रीको सानदार ब्याटिङमा नेपालको ठूलो योगफल

आइतबार, असार २८, २०८३

काठमाडौं ।  साना प्रवीण र सावित्री धामीको प्रभावशाली ब्याटिङमा नेपालले मलेसियामा जारी एसिसी महिला यु-१९ प्रिमियर कपमा सिंगापुरलाई २ सय रनको विशाल चुनौती दिएको छ ।  ओपनरद्वय साना र सावित्रीले पहिलो विकेटको लागि अविजित १ सय ९९ रनको साझेदारी गरे।  टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा  कुनै पनि विकेट नगुमाई नेपालले १ सय ९९ रनको सानदार पारी खेल्यो । सिंगापुरका कुनैपनि बलरले नेपालका दुई ब्याटरलाई पबिलियनको बाटो देखाउन सकेनन् । दुवैले अर्धशतक बनाए। साना शतकबाट २ रनले मात्र पछि रहिन् ।  सानाले ७० बल खेल्दै १३ चौका सहित अविजित ९८ रनको तारिफयोग्य प्रदर्शन गरिन्। सावित्रीले ५३ बल खेल्दै १३ चौका प्रहार गर्दै अविजित ७८ रन जोडिन् ।  दुई खेलाडीले चौकाबाट मात्र १ सय ४ रन बनाए । सावित्रीको भने यो लगातार दोस्रो अर्धशतक हो। हिजो पनि उनले कतार विरूद्ध ५२ रन बनाएकी थिइन् ।  सिंगापुरका बलरहरू निरिह बने । कुनै पनि खेलाडीले विकेट लिन सकेनन्। हिजो भएको पहिलो खेलमा नेपालले कतारलाई २५ रनमा रोक्दै १ सय ५ रनको फराकिलो जित हात पारेको थियो ।

प्रकाशित मिति: आइतबार, असार २८, २०८३  १४:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार