गोदावरी नगरमा 'एक घर एक धारा' अभियान 

गाेदावरी-८ डुकुछापका घरैपिच्छे धारा 

बिहीबार, जेठ २८, २०८३

ललितपुर । गोदावरी नगरपालिकाको वडा नं. ८ का प्रत्येक घरमा स्वच्छ खानेपानीसहितको धारा जडान भएको छ ।  गोदावरी नगरपालिकाले एक घर क धाराको अभियान अन्तर्गत यस वडामा ७ सय ३३ वटा धारा जडान गरेको हो । नगरपालिकाले वाटर एड, द कोकाकोला फाउन्डेसन, एकीकृत शहरी विकास केन्द्रको सहयोगमा डुकुछाप एक घर एक धारा खानेपानी आयोजना अन्तर्गत वडा नं. ८ का प्रत्येक घरमा धारा जडान गरेको हो ।  उक्त आयोजनाको समुद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख गजेन्द्र महर्जनले पालिकामा अहिले खानेपानीको अभाव धेरै पूर्ति भएको बताए ।  स्थानीय तहको निर्वाचन २०७४ मा नगर प्रमुखमा निर्वाचित भएसँगै खानेपानीको अभावलाई सम्बोधन गर्न धेरै काम गरेको उनले स्मरण गरे । महर्जनले भने, ‘ धारामा पानी आएन भन्दै दिनहुँ डेलिगेसन आउँथ्यो, अहिले डेलिगेसन छैन , यो हामीले खानेपानीको क्षेत्रमा गरेको कामको उपलब्धि हो ।’ खानेपानी स्वास्थ्य, सरसफाई र स्वच्छतासँग जोडिएको विषय भएकाले नगरपालिकाले यो  क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको प्रष्ट पारे । 

WhatsApp-Image-2026-06-11-at-20.02.40-1781188633.jpeg
गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले ललितपुरको यो खानेपानी आयोजना नमूना आयोजना भएको बताए । उनले भने, ‘यहाँबाट देशभरका अन्य पालिकाले धेरै सिक्न सक्छन्, यो नमूना काम हो ।’ यो आयोजना ‘कम्युनिटी गभर्नेन्स’को उत्कृष्ट नमूना भएको बताउँदै सीप विकासको सन्दर्भमा समेत महत्वपूर्ण उपलब्धि हासिल भएको दाबी गरे । वडा नं. ८ का वडाअध्यक्ष सुक बहादुर लामाले विगतमा खानेपानीका कारण  मानव स्वास्थ्यमा परेको असर स्मरण गर्दै घर घरमा धारा पुर्‍याउन सहयोग गर्नेलाई सबैलाई धन्यवाद दिए ।  वडा नं. ६ का वडाअध्यक्ष विष्णुमान महर्जनले आयोजना हस्तान्तरण मात्रै ठूलो कुरा नभएको बताउँदै भने, ‘यसको दिगोपना र निरन्तरता महत्वपूर्ण हो, त्यसका लागि तपाईहरु सक्षम हुनुहुन्छ ।’ 
वाटर एडलगायतका संस्थाको सहयोगमा वडा नं. ६ मा यसअघि कालिटार खानेपानी आयोजना सुरु गरिएको थियो । वडा नं. ९ मा पनि यी संस्थाहरुको सहयोगमा गोदावरी नगरपालिकाले खानेपानी आयोजना सुरु गर्दैछ । डुकुछाप खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष ज्ञानेन्द्र के.सी. ले खानेपानी खुवाउने काममा विश्वास गरेर जिम्मेवारी दिने सबैलाई धन्यवाद दिए । यो आयोजनाले डुकुछापका नागरिकको तिर्खा मेटेको बताए । 

WhatsApp-Image-2026-06-11-at-20.02.40-1781188633.jpeg
डुकुछाप खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव सरोज दनुवारका अनुसार चिसापानी मुहान, ओखरेबाटे मुहान, कमेरोडोल मुहान, चिहानडाँडा मुहानबाट  ट्याङ्कीमा पानी संकलन गरेर वडा नं. ८ का प्रत्येक घरधुरीमा धारा पुर्‍याइएको हो ।  वाटर एडका राष्ट्रिय निर्देशक सुदर्शन न्यौपानले स्थानीय तहसँग सहकार्य गरेर वडावासीको तिर्खा मेट्न काम गर्न पाउँदा खुशी लागेको बताए ।  दि कोकाकोला फाउन्डेसनका निर्देशक डा.आदित्य पाण्डाले खानेपानी तिर्खा मेटाउने तरल पदार्थ मात्रै नभएको बताउँदै स्वास्थ्य, सरसफाई र विकाससँग जोडिएको विषय भएको बताए । दि कोकाकोला फाउन्डेसनका स्नेहा राजभण्डारीले कोकाकोलाले  समुदायमा गरेको कामका बारेमा बताउँदै गोदावरी नगरका नगरवासीलाई खानेपानी प्रबन्ध गर्ने काममा सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । एकीकृत शहरी विकास केन्द्रका कार्यकारी निर्देशक रिजा जोशीले खानेपानीको सहज पहुँचले समय व्यवस्थापन, सरसफाई, स्वास्थ्य र समृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् । कार्यक्रममा यो आयोजना सफल बनाउन योगदान दिनेलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

WhatsApp-Image-2026-06-11-at-20.03.28-(1)-1781188631.jpeg
 

प्रकाशित मिति: बिहीबार, जेठ २८, २०८३  २०:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार