ओमानलाई आठ विकेटले हराउँदै नेपाल फाइनलमा

आइतबार, जेठ २४, २०८३

काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिता खेलमा नेपाल फाइनलमा प्रवेश गरेको छ ।  आज संगापुरमा नेसनल क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा ओमानलाई आठ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।  ओमानले दिएको ९५ रनको लक्ष्य नेपालले २ विकेटको क्षतिमा ६४ बल बाँकी हुँदै ९.२ ओभरमा पछ्याएको हो ।  नेपालका लागि लोकेस बमले सर्वाधिक ४४ रन बनाए । रोहित पौडेलले २० बलमा २१ रन बनाए । ओपनर कुशल भुर्तेलले २० रन र आशिफ शेख १ रनमा आउट भए । टस जितेर सुरुमा ब्याटिङ गरेको ओमानलाई नेपालले १९ ओभर ४ बलमा ९४ रन बनाउँदा अलआउट गरेको थियो । नेपालका लागि लोकेस बमले सर्वाधिक ४४ रन बनाए । रोहित पौडेलले २० बलमा २१ रन बनाए । ओपनर कुशल भुर्तेलले २० रन र आशिफ शेख १ रनमा आउट भए ।

प्रकाशित मिति: आइतबार, जेठ २४, २०८३  १३:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार